काठमाडाैं । साफ महिला च्याम्पियनसिपमा नेपालले माल्दिभ्सविरुद्धको अग्रतालाई तेब्बर पारेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी खेलको ३२औँ मिनेटमा रेखा पौडेलले गोल गर्दै नेपाललाई ३-० को अग्रता दिलाएकी हुन् ।
त्यसअघि खेलको २८औँ मिनेटमा सविता राना मगरले गोल गर्दै नेपालको अग्रता दोब्बर पारेकी थिइन् । खेलको छैटौँ मिनेटमा प्रिति राईले गोल गर्दै नेपाललाई सुरुवाती अग्रता दिलाएकी हुन् ।
Artha Sanjal
अर्थ सन्जाल