बाढी । बाढी पहिरोले गम्भीर क्षति पुर्याएको माथिल्लो तामाकोशी तीन साता भित्रै सञ्चालनमा आउने भएकाे छ । पहिरोले क्षतिग्रस्त हुँदा बन्द भएको ४५६ मेगावाटको माथिल्लो तामाकोशी जलविद्युत् आयोजना तीन साता भित्रै सञ्चालनमा आउने भएकाे हाे ।
गत ११ र १२ असोजमा आएकाे अविरल वर्षाका कारण आयोजनाको बाँध क्षेत्र क्षति पुगेको थियाे । आयोजनाका प्रमुख कार्यकारी अधिकृत मोहनप्रसाद गौतमले हेडवर्क्स क्षेत्रमा थुप्रिएको ढुङ्गा, माटो, ग्रेगान हटाउने काम भइरहेको र तीन हप्ताभित्र नै विद्युत् उत्पादन थाल्ने गरी काम भएको बताएका छन् ।
Artha Sanjal
अर्थ सन्जाल