काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल अमेरिकिा प्रस्थान गर्ने भएका छन् । पौडेल विश्व बैंक समूह र अन्तर्राष्ट्रिय मुद्रा कोष आइएमएफको वार्षिक बैठकमा भाग लिन आज राती अमेरिकाको वासिङटन डिसीतर्फ प्रस्थान गर्ने भएका हुन् ।
अर्थमन्त्रीले अमेरिकाको डिसी र न्यूयोर्कमा रहँदा द्विपक्षीय तथा बहुपक्षीय भेटवार्ताहरु गर्ने कार्यक्रम रहेको उनको सचिवालयले जानएको छ । उनी कार्तिक दोस्रो साता स्वेदश फर्किने कार्यक्रम रहेको छ ।
Artha Sanjal
अर्थ सन्जाल