काठमाडौं । नेपाल राष्ट्र बैंकले हरित लगानीसम्बन्धी कार्यविधि ‘नेपाल ग्रिन फाइनान्स ट्याक्सोनोमी’ जारी गरेको छ ।
केन्द्रीय बैंकले बैंक तथा वित्तीय संस्थाबाट हुने लगानीलाई वातावरणमैत्री बनाउन हरित लगानीसम्बन्धी मार्गदर्शन लागू गर्न निर्देशन दिएको हो । राष्ट्र बैंकले परिपत्रमार्फत बैंक तथा वित्तीय संस्था र पूर्वाधार विकास बैंकलाई निर्देशन दिएको हो ।
उक्त मार्गदर्शनले वित्तीय क्षेत्रका प्रमुख नियामकहरू नेपाल राष्ट्र बैंक, नेपाल बिमा प्राधिकरण, नेपाल धितोपत्र बोर्ड र अर्थ मन्त्रालयलाई समेत ट्याक्सोनोमीभित्र आवद्ध गरेको छ । ट्याक्सोनोमी जारी गर्नुको प्रमुख उद्देश्य जलवायु परिवर्तन अनुकुलन, जलवायु परिवर्तनको असर न्यूनीकरण तथा नियन्त्रण, प्राकृतिक स्रोत तथा साधनको संरक्षण तथा व्यवस्थापन र प्रदूषण नियन्त्रणलगायतका रहेको केन्द्रीय बैंकले जनाएको छ ।
ट्याक्सोनीमीले कृषि तथा खाद्या सुरक्षाका लागि स्मार्ट वाटर, स्मार्ट ऊर्जा, स्मार्ट पोषण, स्मार्ट माटो, संरक्षणमा आधारित खेती प्रणाली र बीउबिजन, सिँचाइवातावरणमैत्री भएमा कर्जा लगानीमा प्राथमिकता राख्ने जनाएको छ ।
अर्थ सन्जाल