सेयर बजारमा उच्च गिरावट हुँदा ५ अर्ब ९० करोड माथिको कारोबार

काठमाडौं । साताको दोस्रो दिन सोमबार पनि सेयर बजारमा उच्च गिरावट आएको छ। नेप्से परिसूचक ५७.९९ अंकले घटेर २६३९.९२ को विन्दुमा बन्द भएको छ।

आज ३१९ कम्पनीको १ करोड ३८ लाख ६३ हजार ४४३ कित्ता सेयर किनबेच हुँदा ५ अर्ब ९० करोडमाथिको सेयर कारोबार भएको छ । आज २३ कम्पनीको सेयरमूल्य बढेको छ भने २२१ कम्पनीको सेयर मूल्य घटेको छ ।

आज सबैभन्दा धेरै हिमालयन रिइन्स्योरेन्सको सेयर कारोबार भएको छ । आज यस कम्पनकिो २२ करोड ३ लाख रुपैयाँको सेयर कारोबार भएको छ । ङादी ग्रुप पावरको १७ करोड ७६ लाख रुपैयाँको शेयर कारोबार भएको छ । कुमारी बैंकको १७ करोड ६८ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै विन नेपाल लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले ९ दशलमव ९८ प्रतिशतका दरले कमाएका हुन् । कर्पोरेट डेभलपमेन्ट बैंकका लगानीकर्ताले ९.८२ प्रतिशतका दरले कमाएका छन् । कालिका लघुवित्तका लगानीकर्ताले ५ प्रतिशतका दरले कमाएका छन् ।

आज सबैभन्दा धेरै ङादी ग्रुप पावरका लगानीकर्ताले गुमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले ९ प्रतिशतका दरले गुमाएका छन् ।

आज उच्च कारोबार भएका १० कम्पनी

हिमालयन रिइन्स्योरेन्स २२ करोड ३ लाख रुपैयाँ,ङादी ग्रुप पावर १७ करोड ७६ लाख रुपैयाँ,कुमारी बैंक १७ करोड ६८ लाख रुपैयाँ,गुडविल फाइनान्स १४ करोड २४ लाख रुपैयाँ,नेपाल फाइनान्स १३ करोड ९६ लाख रुपैयाँ,पिपुल्स हाइड्रोपावर १३ करोड ९१ लाख रुपैयाँ,एचआईडीसीएलपी १२ करोड ५२ लाख रुपैयाँ,प्रभु बैंक ११ करोड १७ लाख रुपैयाँ,शिवम सिमेन्ट १० करोड ७९ लाख रुपैयाँ,साल्ट ट्रेडिङ १० करोड ७३ लाख रुपैयाँको सर्वाधिक कारोबार भएकाे छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *