नवीन न्याैपाने पुरुष फुटबल टिमको अन्तरिम मुख्य प्रशिक्षक नियुक्त

काठमाडौं । नेपाली राष्ट्रिय पुरुष फुटबल टिमको अन्तरिम मुख्य प्रशिक्षकमा नवीन न्याैपाने नियुक्त भएका छन् ।

अखिल नेपाल फुटबल संघ (एन्फा)का महासचिव किरण राईले न्यौपानेलाई सोमबार एन्फा कम्प्लेक्समा नियुक्ति पत्र हस्तान्तरण गरे ।

त्यस्तै, चेतन घिमिरेलाई सहायक प्रशिक्षकमा र नवीन महर्जनलाई अन्तरिम गोलकिपिङ प्रशिक्षकको जिम्मेवारी दिइएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *