नेपाल लाइफ इन्स्योरेन्सले मेवा डेभलपर्समा ५० करोड लगानी गर्दै

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले मेवा डेभलपर्समा लगानी गर्ने भएको छ। नियामक नेपाल बीमा प्राधिकरणको स्वीकृतिमा मेवा डेभलपर्समा लगानी गर्न लागिएको कम्पनीले जनाएको छ। मेवा डेभलपर्स मध्य मेवा हाइड्रोपावर परियोजना र सेवा खोला हाइड्रोपावर परियोजनाको प्रवर्द्धक हो।

नेपाल लाइफले मेवा डेभलपर्सको अंकित मूल्य १०० रुपैयाँमा ५० लाख कित्ता शेयर खरिद गर्ने सम्झौता गरेको छ। जसअनुसार कम्पनीले मेवा डेभलपर्समा ५० करोड रुपैयाँ लगानी गर्नेछ। गत कात्तिक १ गते नेपाल लाइफ र मेवा डेभलपर्सबीच सेयर खरिद सम्झौता भएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *