काठमाडौं । सूर्यदर्शन सहकारी ठगी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई पक्राउ परेपछि आज सोमबार पनि आन्दोलन भइरहेको छ ।
शुक्रबार लामिछानेलाई पक्राउ गरेपछि निरन्तर रुपमा रवि समर्थक र सहकारी पीडितहरुकाे तर्फबाट दोहोराे आन्दोलन भइरहेको छ । पीडितले पनि ठगीमा संलग्न अरुलाई पनि पक्राउ गर्नुपर्ने माग गरिरहेका छन् ।
आन्दोलनमा समर्थकहरुले जिवी राईलाई पक्राउ गर्नु पर्ने, सहकारी पीडिलालाई न्याय दिनु पर्ने र रविलाई थुन्न नपाइने जस्ता नारा जुलुस गरेका छन् । एमाले–कांग्रेसले सहकारी पीडितका नाममा रवि पक्राउ गरेर प्रतिसोध लिएको प्रतिकृया दिएका छन् । आन्दाेलनमा अन्य पार्टीका ब्यक्तिहरु परिचालित भएको ढुंगा प्रहार भएको छ ।
पाेखरा तनावग्रस्त अवस्था सिर्जना भएको छ । प्रहरीले दमन गरेको आन्दोलनकारी भनाइ छ । प्रमुख जिल्ला अधिकारीले पोखराका विभिन्न क्षेत्रमा निषेधाज्ञा आदेश जारी गरेका छन् ।
अर्थ सन्जाल