काठमाडौं । नेपाली बजारमा आज पनि सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ । यस दिन सुनको मूल्य प्रतितोला ६०० रुपैयाँ बढेर नयाँ रेकर्ड बनाएको हो ।
नेपाल सुन चाँदी व्यवसायी महसंघका अनुसार आज छापावाला सुन प्रतितोला एक लाख ६५ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ । उक्त कायम सुनको मूल्य हालसम्मकै उच्च हो। सुनकाे मूल्यले निरन्तर पाँचौ दिन नयाँ रेकर्ड बनाएकाे हाे । आईतबारको बजारमा सुनको मूल्य प्रतितोला एक लाख ६५ हजार रुपैयाँमा खरिदबिक्री भएको थियो ।
यस दिन चाँदीको मूल्य पनि नयाँ उचाईमा पुगेकाे छ । यस दिन चाँदी प्रतितोला २० रुपैयाँले बढेको छ । सोमबार चाँदी प्रतितोला दुई हजार ९५ रुपैयाँमा खरिदबिक्री भइरहेको छ । आईतबारको बजारमा चाँदी प्रतितोला दुई हजार ७५ रुपैयाँमा खरिदबिक्री भएको थियो । उक्त मूल्यलाई ब्रेक गर्दै निरन्तर दोस्रो दिन चाँदीको मूल्यले नयाँ उचाई बनाएको हो ।
अर्थ सन्जाल