रवि लामिछानेलाई ६ दिन हिरासतमा राख्न अदालतकाे अनुमति

काठमाडाैं। पूर्वगृहमन्त्री एवंम् राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई बुधबारसम्म हिरासतमा राख्ने भएकाे छ।  आज जिल्ला अदालत कास्कीले लामिछानेलाई अनुसन्धान गर्न ६ दिन हिरासतमा राख्न अनुमति दिएको हाे।

न्यायाधीश नवराज दाहालको एकल इजलासले ६ दिन हिरासतमा राख्न आदेश दिएको हो । सहकारी अपचलन गरेकाे आरोपमा पक्राउ परेका रास्पवाका सभापति माथी अनुसन्धान गर्न प्रहरीले ६ दिन माग गरेको थियो । लामिछाने शुक्रबार अपरान्ह काठमाडौंबाट पक्राउ परेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *