काठमाडौं । अमेरिकालाई हराउँदै नेपालले टी-२० आई सिरिजको दोस्रो खेलमा पनि जित निकालेको छ । आइतबार बिहान भएको दोस्रो टी-२० आईमा नेपालले अमेरिकामाथि सुपर ओभरमा जित हात पारेको हो ।
जितसँगै नेपालले सिरिजमा एक खेल अगावै २-० ले जितेको हो । नेपालले २ राष्ट्र सम्मिलित टी-२० सिरिज चौथो पटक जितेको हो । यसअघि नेपालले मलेसिया, युएई र केन्यालाई सिरिजमा पराजित गरेको थियो ।
नेपालले टस जितेर ब्याट रोजेको थियो । जसमा नेपालले अमेरिकालाई १७१ रनको लक्ष्य पछ्याएको थियो । उक्त रन पछ्याएको अमेरिकाले २० ओभरमा ८ विकेटमको क्षतिमा १७० रन बनाएपछि खेल सुपर ओभरमा पुगेको हो ।
Artha Sanjal
अर्थ सन्जाल