काठमाडौं । दोस्रो टी-२० मा नेपालले अमेरिकालाई १७१ रनको लक्ष्य दिएको छ। अमेरिकाको डलासस्थित ग्राउण्ड पेरी स्टेडियममा टस जितेर पहिला ब्याटिङ गरेको नेपालले २० ओभरमा ६ विकेट गुमाउँदै १७० रन बनाएको हो।
नेपालका लागि कुशल भुर्तेलले सर्वाधिक ९२ रन बनाए। भुर्तेलले आक्रामक ब्याटिङ गर्दै ५४ बलमा अविजित ९२ रन बनाएका हुन्। त्यस्तै अनिल शाहले २५, गुलशन झाले १९, कप्तान रोहित पौडेलले १८ रन बनाएका थिए ।
अमेरिकाका बलर जसदीप सिंह र नोस्थस केन्जीगेले २-२ विकेट लिएका थिए भने सौरभ नेत्राभलकरले एक विकेट हात पारे। अमेरिकाले केहीबेरमा जवाफी ब्याटिङ गर्नेछ ।
Artha Sanjal
अर्थ सन्जाल