![](https://arthasanjal.com/wp-content/uploads/2024/09/1100x100-1-1.webp)
![](https://arthasanjal.com/wp-content/uploads/2024/10/arun_valley1683856803.jpg)
![](https://arthasanjal.com/wp-content/uploads/2024/04/Salt-Trading-1.webp)
काठमाडौं । अरुण भ्याली हाईड्रोपावर कम्पनी लिमिटेडको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ ।
गत वर्षको नाफाबाट यस कम्पनीले शेयरधनीलाई ३ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ०.१५७ प्रतिशत नगद लाभांश वितरण गर्दैछ । लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्न कात्तिक १४ गते होटल क्रिस्टल पशुपती गौशाला काठमाडौंमा बिहान ११ बजे वार्षिक साधारणसभा बोलाएको छ ।
सभाले वार्षिक र लेखापरीक्षण प्रतिवेदन लगायतका अन्य वित्तीय विवरणहरू छलफल गरी पारित गर्ने, चालु आवका लागि लेखापरीक्षक नियुक्ति गरी निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गर्नेछ ।
कम्पनीले लाभांश वितरण प्रयोजनर्था भोलि कात्तिक ५ गते बुक क्लोज गर्दैछ । तसर्थ आधारमा आजसम्म नेप्सेमा कारोबार भई कायम भएका शेयरधनीहरू मात्रै कम्पनीद्वारा प्रस्तावित लाभांश पाउन र साधारणसभामा सहभागी हुन योग्य हुनेछन् ।
![](https://arthasanjal.com/wp-content/uploads/2024/09/Sme-Loan-Updated.gif)
अर्थ सन्जाल