काठमाडौं । प्रभु बैंक लिमिटडले संस्थापक सेयर बिक्रीमा ल्याएको छ । बैंकले संस्थापक सेयरधनीहरुको नाममा रहेको २ लाख ८२ हजार ६१९ कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको हाे ।
सेयर खरिद गर्न इच्छुक जो कोही व्यक्ति वा संस्थाले यसमा आवेदन दिन सक्नेछन् । सेयर खरिद गर्न इच्छुकले आज (कात्तिक २ गते) देखि १५ दिन भित्र यस बैंकको केन्द्रीय कार्यालय बवरमहल, काठमाडौंमा निवेदन पेश गर्नु पर्नेछ ।
Artha Sanjal
अर्थ सन्जाल