काठमाडौं । आज अमेरिकी डलरको मूल्य घटेको छ । नेपाल राष्ट्र बैंकका अनुसार आज १ डलरको मूल्य (बिक्रीदर) १३४ रुपैयाँ ७७ पैसा कायम भएको छ । यस्तै, खरिददर १३४ रुपैयाँ १७ पैसा कायम भएको छ । यसअघि मंगलबार १ डलरको भाउ (बिक्रीदर) १३४ रुपैयाँ ८० पैसा र खरिददर १३४ रुपैयाँ २) पैसा कायम भएको थियो ।
आज १ युरोको बिक्रीदर १४६ रुपैयाँ ८९ पैसा रहेको छ भने खरिददर १४६ रुपैयाँ २४ पैसा रहेको छ । बेलायती पाउन्ड १ को बिक्रीदर १७६ रुपैयाँ २९ पैसा खरिद दर १७५ रुपैयाँ ५० पैसा रहेको राष्ट्र बैंकले जनाएको छ । त्यसैगरी, अष्ट्रेलियन डलर १ को खरिददर आज ९० रुपैयाँ ०५ पैसा र बिक्रीदर ९० रुपैयाँ ४५ पैसा तोकिएको छ ।
क्यानेडियन डलर १ को खरिददर भने ९७ रुपैयाँ १२ पैसा र बिक्रीदर ९७ रुपैयाँ ५६ पैसा पाइन्छ । कतारी रियाल १ को खरिददर ३६ रुपैयाँ ८० पैसा र बिक्रीदर ३६ रुपैयाँ ९६ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।
Artha Sanjal
अर्थ सन्जाल