काठमाडाैं । वर्षाकाे कारण बाढी पहिराेले दुई सातादेखि अवरुद्ध वीपी राजमार्गमा आजदेखि पूर्णरुपमा सवारी साधन सञ्चालनमा आउने भएको छ। बिहीबार सामाजिक सञ्जालमार्फत् प्रधानमन्त्री ओलीले यसको जानकारी दिएका हुन्।
बाढीपहिरोले क्षतिग्रस्त भई अवरुद्ध रहेको यो सडक सामान्य मर्मतपछि शुक्रबार बिहानदेखि सञ्चालनमा आउन लागेको हो।
प्रधानमन्त्री केपी शर्मा ओलीले पनि शुक्रबार बिहान १० बजेसम्म बीपी राजमार्ग सञ्चालनमा आउने जानकारी दिएका छन्।






