खाँदबारी । सङ्खुवासभा उद्योग वाणिज्य संघले जिल्ला कारागार खाँदबारीमा कैद भुक्तान गरिरहेका कैदीबन्दीलाई खसी र नगद उपलब्ध गराएको छ ।
बडादशैंको अवसरमा जिल्ला कारागारका एक सय ३४ कैदी बन्दीका लागि ३० किलो बराबरको खसी र नगद रु. पाँच हजार उपलब्ध गराएको संघका वरिष्ठ उपाध्यक्ष डेगराज बस्नेतले जानकारी दिए । उनले आज एक कार्यक्रमबीच निमित्त प्रमुख जिल्ला अधिकारी मोहनमणि घिमिरेलाई नगदसहित खसी हस्तान्तरण गरेका थिए ।
संघका महासचिव सरोज बज्राचार्यले कानूनबमोजिम कारबाही भोगिरहे पनि मानवीय संवेदनालाई ख्याल गरेर पर्वका समयमा कैदीबन्दीलाई सहयोग गरिएको बताएका छन् । रासस
Artha Sanjal
अर्थ सन्जाल