सुनचाँदीको मूल्यमा उच्च गिरावट, कतिमा हुँदैछ काराेबार ?

काठमाडौं । दसैँ बिदा सुरु हुने अन्तिम दिन सुनको मूल्यमा उच्च गिरावट आएको छ । आज सुनकाे मूल्य ताेलामा १ हजार रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ ।

आज छापावाला सुन प्रतितोला १ लाख ५९ हजार १०० रुपैयाँमा काराेबार भइरहेकाे छ । मंगलबार सुनकाे मूल्य १ लाख ६० हजार १ सय रुपैयाँ रहेको थियो ।

आज चाँदीको मूल्यमा पनि गिरावट देखिएको छ । मंगलबार प्रतितोला १ हजार ९४० रुपैयाँ रहेको चाँदीको मूल्य प्रतितोला ४० रुपैयाँले घटेर १ हजार ९०० रुपैयाँमा झरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *