प्रधानमन्त्री उद्धार कोषमा एभरेष्ट बैंककाे ५० लाख सहयोग

काठमाडाैं । एभरेष्ट बैंक लिमिटेडले बाढी पहिरो पीडितको सहयोगको लागि प्रधानमन्त्री दैवी उद्धार कोषमा रु. ५० लाख सहयोग गरेको छ ।

बैंकका प्रमुख कार्यकारी अधिकृत(सीईओ) सुदेश खालिङले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, सिंहदरबारमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई उक्त रकमको चेक हस्तान्तरण गरेका हुन् ।

गत असोज ११ र १२ गते आएको बाढीपहिरो र डुबानबाट प्रभावितहरुको राहात, पुननिर्माण तथा पुनस्र्थापनाका लागि बैंकले सो कोषमा सहयोग गरेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *