शिखर इन्स्योरेन्सद्वारा बाढी तथा पहिरोको बीमा दाबी भुक्तानी तीव्र

काठमाडाैं । शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडले बाढी तथा पहिरोको बीमा दाबी भुक्तानी तीव्र रुपमा गरिरहेको छ ।

गत असोज ११ गते देखि देशभर परेको अविरल वर्षा, बाढी र पहिरोको कारण कम्पनीमा प्राप्त भएका बीमा दाबीहरु मध्ये कम्पनीबाट सानो तथा सरल किसिमको बीमा दाबीहरु द्रुत गतिमा भुक्तानी भइरहेको कम्पनीले जनाएको छ ।

बीमा दाबीको रकम यकिनका लागि क्षति भएको सम्पत्तिको मर्मत गर्न, आवश्यक कागजात तयार/संकलन गर्न तथा सर्भे गर्न समय लाग्ने ठूला बीमा दाबीको हकमा कम्पनीबाट प्रचलित व्यवस्था बमोजिम अग्रिम दाबी भुक्तानी गर्दै आएको कम्पनीले जनाएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *