काठमाडाैं । नबिल स्टक डिलर लिमिटेडको तेस्रो वार्षिक साधारणसभा सम्पन्न भएको छ । कम्पनीको साधारणसभा असोज २० गते आइतबार काठमाण्डौ दरबारमार्गमा रहेको रजिष्टर्ड कार्यालयमा सम्पन्न भएको हो ।
सभाले लेखापरिक्षकको प्रतिवेदनसहित आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रतिवेदन पारित गरेको छ ।
यस्तै, सेयरधनीलाई आव २०८०/८१ का लागि ८ प्रतिशत नगद लाभांश (कर समेत) वितरण गर्ने प्रस्ताव समेत पारित गरेको छ । साथै, २०८१/८२ का लागि पिजेपिएन एण्डको चार्टर्ड एकाउन्टेन्टस्लाई लेखापरीक्षकमा नियुक्त गर्ने प्रस्ताव समेत पारित भएको कम्पनीले जनाएको छ ।
नबिल स्टक डिलर लिमिटेड नबिल बैंकको पूर्ण स्वामित्व भएको सहायक कम्पनी हो ।
Artha Sanjal
अर्थ सन्जाल