काठमाडौं । उपभोग्य वस्तुहरूको उत्पादनमा अग्रणी नाम मारिकोले भर्जिन नरिवलको तेलको गुणले भरिपूर्ण कोमल र पोषणकारी शिशु स्याहारका उत्पादनहरूको समर्पित लाइन प्यारासुट एडभान्स्ड बेबीसँगै आफ्नो उत्पादन रेन्ज विस्तारको सगर्व घोषणा गरेको छ ।
यो नयाँ रेन्ज सुरुवातको अवसरमा प्यारासुट एडभान्स्ड बेबीले काठमाडौं उपत्यकाका नवजात शिशुहरूको कल्याणमा सहयोग गर्न प्रख्यात सामाजिक पहल एक एक पाइलासँग साझेदारी गरेको छ ।
यस सहकार्य मार्फत् प्यारासुट एडभान्स्ड बेबी र एक एक पाइलाले अत्याधिक खाँचोमा परेका कमजोर पृष्ठभूमीका शिशुहरूलाई आवश्यक शिशु स्याहार उत्पादनहरू उपलब्ध गराउने लक्ष्य राखेका छन् । यस क्रममा नेपालभरका विभिन्न संस्थाहरूमा नवजात शिशुका लागि पाउडर, साबुन र मसाज तेल सम्मिलित कुल एक हजार बेबी केयर किटहरू वितरण गरिनेछ ।
‘हरेक बच्चालाई स्वस्थ जीवनको सुरुवात गर्ने हक छ’, एक एक पाइलाका व्यवस्थापक, अशोक पाण्डेले भने- ‘प्यारासुट एडभान्स्ड बेबीसँगको यो पहल मार्फत् नै हामी नवजात शिशुहरूलाई आवश्यक केयर प्रदान गर्यौँ। यसले नेपालभर बाल स्वास्थ्य र कल्याणका क्षेत्रमा सुधार गर्ने हाम्रो प्रतिबद्धतालाई पनि सुदृढ गर्दैछ ।’
विशेष गरी नवजात शिशुहरूका लागि डिजाइन गरिएको प्यारासुट एडभान्स्ड बेबीको नयाँ उत्पादन रेन्जमा नरिशिंग क्रीम, टियर-फ्री स्याम्पु, मसाज तेल र रिफ्रेसिङ पाउडर रहेका छन् ।
प्रत्येक उत्पादन भर्जिन नरिवलको तेलले भरिएको छ र बच्चाहरूको संवेदनशील छालाको लागि व्यापक स्याहार प्रदान गर्न तयार गरिएको छ । नरिशिंग क्रीमले रातोपन र दागहरूबाट जोगाउन चौबिसै घण्टा मोइस्चराइजेसन प्रदान गर्छ, टियर-फ्री श्याम्पूले कपाल बिस्तारै कपाल सफा र कण्डिसन गर्छ, भिटामिन ई र एफले समृद्ध मसाज तेलले शरीरको स्वस्थ वृद्धि विकासलाई बढावा दिन्छ र रिफ्रेशिंग पाउडरले जलन-मुक्त आरामका लागि अतिरिक्त मोइस्चर अवशोषित गर्छ ।
प्यारासुट एडभान्स्ड बेबी नवजात शिशुहरूको नाजुक छालाको स्याहार गर्न र उनीहरूलाई समग्र कल्याण प्रदान गर्न समर्पित छ । एक एक पाइलासँगको मोर्चामा सामेल भएर मारिकोले नेपालका असंख्य शिशुहरूको जीवनमा सकारात्मक प्रभाव पार्ने लक्ष्य राखेको छ । सँगै, हामी एउटा यस्तो भविष्यको परिकल्पना गर्दैछौँ जहाँ हरेक बच्चाले स्वस्थ र खुसी जीवनको सुरुवात गर्नेछ ।
अर्थ सन्जाल