काठमाडौं । ज्योति विकास बैंक लिमिटेडले काठमाडौंको बानेश्वरमा अवस्थित भेनस अस्पतालसँग बैंकका ग्राहकहरूलाई १० प्रतिशत सम्मको विशेष छुट प्रदान गर्ने सम्झौता गरेको छ ।
ज्योति विकास बैंकका ग्राहकहरूले सो अस्पतालमा अस्पतालको बेड शुल्क, इन-हाउस परीक्षणहरूको डायग्नोस्टिक जस्ता विभिन्न सेवाहरूमा १० प्रतिशत सम्मको छुट पाउनेछन् ।
बैंकले ग्राहकहरूको सुविधालाई प्राथमिकतामा राख्दै देशका अन्य विभिन्न व्यवसायहरूसँग निरन्तर सहकार्य गर्दै छुट र सुविधा प्रदान गर्दै आइरहेको छ।
Artha Sanjal
अर्थ सन्जाल