सिन्धुलीमा माइक्रोबस दुर्घटना, १५ जना घाइते

काठमाडौं । सिन्धुलीमा शुक्रबार माइक्रोबस दुर्घटना हुँदा १५ जना घाइते भएका छन् । बा५ख ६६१८ नम्बरको बस दुर्घटना भएको इलाका प्रहरी कार्यालय भिमानले जनाएकाे छ ।

शुक्रबार बिहान करिब ४ः२० बजे कमलामाई नगरपालिका–८, सिस्नेरीमा माइक्रोबस दुर्घटना भएको हो ।

दुर्घटनालगत्तै उद्धार गरी घाइतेलाई सिन्धुली जिल्ला अस्पतालमा लगिएको थियो । त्यहाँ सामान्य उपचारपछि घाइते १५ जनालाई धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ‘रिफर’ गरिएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार, घाइतेमध्ये चालकसहित तीनजनाको अवस्था गम्भीर छ । काठमाडौंबाट मोरङतर्फ जाँदै गरेको माइक्रोबस दुर्घटना भएको हो । माइक्रोबसमा १९ जना सवार थिए । अरू चारजनाको अवस्था सामान्य रहेकाे छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *