काठमाडाैं । माछापुच्छ्रे बैंक लिमिटेडले संस्थापक सेयर बिक्रीमा राखेको छ । कम्पनीले सेयरधनीको स्वामित्वमा रहेको ५५ हजार कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो ।
यो सेयर खरिदका लागि बैंकका विद्यमान संस्थापक सेयरधनीले मात्रै खरिद आवेदन दिन सक्नेछन् । संस्थापक सेयरधनीले सूचना प्रकाशित भएको ३५ दिनभित्र आफूले खरिद गर्न चाहेको सेयर संख्या र मूल्य खुलाई माछापुच्छ्रे क्यापिटलको सेयर विभागमा आवेदन दिनु पर्नेछ ।
निर्धारित समयभित्र सेयर खरिदका लागि आवेदन प्राप्त नभएमा अन्य व्यक्ति तथा कम्पनीलाई सेयर बिक्री गरिने बैंकले जनाएको छ ।
Artha Sanjal
अर्थ सन्जाल