नेपाल प्रिमियर लिग क्रिकेटको लोगो सार्वजनिक

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल)को सहभागी टोली काठमाडौंले आफ्नो नाम र लोगो घोषणा गरेको छ ।

काठमाडौंले मंगलवार सामाजिक सन्जालमार्फत नाम र लोगोको सार्वजनिक गरेको हो । टिमको नयाँ नाम काठमाडौं गुर्खाज रहनेछ ।

काठमाडौंको मार्की खेलाडी राष्ट्रिय क्रिकेट टोलीका तीव्र गतिका बलर करण केसी हुन् ।

नेपाल क्रिकेट संघ (क्यान) को‌ आयोजनामा ८ टोलीको सहभागितामा‌ मंसिर १६ गतेदेखि पुस ६ गतेसम्म पहिलो संस्करणको एनपिएल हुनेछ । सहभागी ८ टोलीको मार्की खेलाडीको‌ टुंगो लागिसकेको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *