काठमाडौं । आज सेयर बजारमा उछाल आएको छ । नेप्से परिसूचक ११४.७० अंकले बढेर २६२३.५६ को विन्दुमा कायम भएको छ । आज ३०७ कम्पनीको १ करोड ७५ लाख ७ हजार ५५५ कित्ता सेयर किनबेच हुँदा ७ अर्ब ६१ करोड ६५ लाख रुपैयाँको सेयर कारोबार भएको छ।
आज २४३ कम्पनीको सेयर मूल्य बढेको छ भने १ कम्पनीको सेयर मूल्य घटेको छ । आज १३ वटै उपसमूहमा हरियाली छाएको छ।
आज सबैभन्दा धेरै एनएलजी इन्स्योरेन्सको शेयर कारोबार भएको छ । आज यस कम्पनकिो २८ करोड ८२ लाख रुपैयाँको शेयर कारोबार भएको छ । हिमालयन रिइन्स्योरेन्सको २३ करोड ५१ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
आज सबैभन्दा धेरै १८ कम्पनीका लगानीकर्ताले कमाएका छन् । आज १८ कम्पनीको शेयर मूल्य १० प्रतिशतले बढेको छ भने ३ कम्पनीको शेयर मूल्य ९.९९ प्रतिशतकाले बढेको छ । आज ३० कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ ।
आज सबैभन्दा धेरै एनएमबि फिफ्टीका इकाईधनीले गुमाएका छन् । आज यसका इकाईधनीले ३ प्रतिशतका दरले गुमाएका हुन् ।
आज उच्च कारोबार भएका १० कम्पनी
एनएलजी इन्स्योरेन्स २८ करोड ८२ लाख रुपैयाँ,हिमालयन रिइन्स्योरेन्स २३ करोड ५१ लाख रुपैयाँ,नेपाल फाइनान्स २० करोड ७२ लाख रुपैयाँ,सीईडीबी हाइड्रोपावर १९ करोड ७२ लाख रुपैयाँ
अपी पावर १८ करोड १० लाख रुपैयाँ,शिवम सिमेन्ट १२ करोड ३८ लाख रुपैयाँ,एनआरएन इन्फ्रास्ट्रक्चर १३ करोड ७१ लाख रुपैयाँ,अरुण भ्याली हाइड्रोपावर १३ करोड ३३ लाख रुपैयाँ,कुमारी बैंक ११ करोड ७२ लाख रुपैयाँ,गुडविल फाइनान्स १० करोड ८१ लाख रुपैयाँको सर्वाधिक कारोबार भएकाे छ।
अर्थ सन्जाल