काठमाडौं । नेपाल वेयरहाउजिङ कम्पनी लिमिटेडले शतप्रतिशत हकप्रद सेयर जारी गर्ने घोषणा गरेको छ ।
यस कम्पनीको असोज १४ गते बसेको सञ्चालक समिति बैठकले हकप्रद जारी गर्ने निर्णय गरेको हो । कम्पनीले हाल कायम चुक्ता पुँजी ६८ करोड ७५ लाख रुपैयाँमा हकप्रद जारी गर्ने भएको हो ।
उक्त प्रस्ताव कम्पनीले विशेष साधारण सभामा पेश गर्नेछ ।
Artha Sanjal
अर्थ सन्जाल