काठमाडौं । नेपाल धितोपत्र बोर्डले एनएलजी इन्स्योरेन्सलाई ६२.५६ प्रतिशत हकप्रद सेयर बिक्री गर्न अनुमति दिएको छ । बोर्डले कम्पनीलाई १०ः६.२५६ अनुपातमा ९६ लाख ३१ हजार २२०.२२ कित्ता हकप्रद जारी गर्न अनुमति दिएको हो ।
हकप्रद सेयर निष्कासनका लागि कम्पनीले लक्ष्मी सनराईज क्यापिटललाई बिक्री प्रबन्धक नियुक्त गरेको छ । हाल यस कम्पनीको चुक्ता पुँजी १ अर्ब ४५ करोड ९२ लाख ७५ हजार ७९० रुपैयाँ रहेको छ ।
Artha Sanjal
अर्थ सन्जाल