काठमाडौं ।सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले बुक क्लोज मिति तय गरेको हाे । बैंकले वार्षिक साधारण सभा तथा लाभांश प्रयोजनका लागि असोज २९ गते बुक क्लोज गर्ने भएको छ ।
सोमबार (असोज १४ गते) बसेको सञ्चालक समिति बैठकले असोज २९ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको हो ।
यसर्थ असोज २८ गतेसम्म नेप्सेमा कारोबार भई कायम भएका सेयरधनीहरु मात्रै बैंकद्वारा प्रस्तावित लाभांश पाउन र सभामा सहभागी हुनका लागि योग्य हुनेछन् ।
बैंकले गत आवका लागि सेयरधनीहरुलाई ४ प्रतिशत बोनस सेयर र ०.२१ प्रतिशत नगद लाभांश(कर प्रयोजनका लागि) गरी कुल ४.२१ प्रतिशत लाभांश प्रदान गर्ने निर्णय गरेको छ ।
Artha Sanjal
अर्थ सन्जाल