एशियन लाईफ इन्स्योरेन्सको २५ प्रतिशत बोनस शेयर हितग्राही खातामा जम्मा

एशियन लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले यस वर्षको लागि पािरत गरेको लाभांश वितरण गरेको छ । यस अघिनै कर समेत २ प्रतिशत नगद लाभांश वितरण गरेको कम्पनीले धितोपत्र दोस्रो बजारमा सूचीकृत गराई २५ प्रतिशत बोनस शेयर समेत वितरण गरेको छ ।

कम्पनीले गत माघ २१ गते सम्पन्न १३ औं वार्षिक साधारण सभामार्फत कुल २७ प्रतिशत लाभांश पारित गरेको थियो । धितोपत्र दोस्रो बजारमा चैत १३ गते २५ प्रतिशत बोनस शेयर वापतको ५२ लाख ९० हजार ७४२ दशमलव ७२ कित्ता शेयर सूचीकृत गरेको कम्पनीले सम्बन्धीत शेयरधनीहरुको हितग्राही खातामा बोनस शेयर जम्मा गरेको हो । बुक क्लोजको अघिल्लो कारोबार दिन माघ ११ गतेसम्म कायम शेयरधनीहरुको हितग्राही खातामै शेयर जम्मा गरिएको जानकारी कम्पनीले दिएको हो ।

नगद लाभांश जारी गर्दा ऋणात्मक लाभांश हुने शेयरधनीहरुको हकमा उक्त रकम जम्मा गरेपश्चात मात्र बोनस शेयर जम्मा गरिने जानकारी समेत कम्पनीले दिएको छ । यसर्थ उक्त रकम जम्मा गरि आफ्नो बोनस शेयर प्राप्त गर्न कम्पनीले अनुरोध गरेको छ । कम्पनीको शेयर रजिष्ट्रारमा एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *