विजयादशमीको टीकाको साइत सार्वजनिक, कुन देशमा कहिले टीका लगाउने ?

काठमाडाैं । नेपालीहरुको महान पर्व विजयादशमीको टीकाको साइत सार्वजनिक भएको छ । अन्तर्राष्ट्रिय पञ्चाङ्ख निर्णायक समितिले आइतबार दशैंको टीकाको साइत सार्वजनिक गरेको हो ।

समितिका अनुसार नेपालका लागि दशैंको टीकाको उत्तम साइत असोज ६ गते बिहान ११:३६ मिनेटमा रहेको छ ।

समितिले नेपालसँगै अन्य देशमा बसोबास गर्ने नेपालीहरुका लागि राष्ट्रअनुसारको साइत सार्वजनिक गरेको छ । भारतमा १२ अक्टोबर बिहान ११ः४२ मा उत्तम साइत रहेको छ भने न्यूयोर्क अमेरिकामा १२ अक्टोबर बिहान १०ः०१ मा उत्तम रहेको समितिले जनाएको छ ।

त्यस्तै, क्यालिफोर्निया अमेरिकाका लागि १२ अक्टोबर बिहान १०ः०५ बजे, वासिङ्खटन डि.सी.का लागि १२ अक्टोबर बिहान ९ः५५ बजे, टोरन्टो क्यानडाका लागि १२ अक्टोबर बिहान १०ः१५ बजे र भ्यानकुभर क्यानडाका लागि १२ अक्टोबर बिहान १०ः२४ बजे उत्तम साइत निकालेको छ । यसका साथै समितिका अनुसार अष्ट्रेलिया, जापान, न्यूजिल्याण्ड, दक्षिण कोरिया, हङकङ जस्ता केही राष्ट्रहरुमा बस्ने नेपालीहरुका लागि भने अक्टोबर १३ गते दशैंको टीकाको दिन परेको छ ।

टोकियो जापानका लागि १३ अक्टोबर ११ः३५ बजो, सिड्नी अष्ट्रेलियाका लागि १३ अक्टोबर ११ः२७ बजे, मेलबर्न अष्ट्रेलियाका लागि १३ अक्टोबर बिहान ११ः२९ बजो, ब्रिसबेन अष्ट्रेलियाका लागि अक्टोबर १३ ११ः२९ बजे, क्यानवेश अष्ट्रेलियाका लागि १३ अक्टोबर ११ः१९ बजे र वेलिङ्खटन न्यूजिल्याण्डका लागि १३ अक्टोबर ११ः२५ मा उत्तम समय रहेको समितिले जनाएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *