काठमाडौं । विगत केही दिनदेखिको अविरल वर्षाका कारण नेपालभरिका विभिन्न स्थानहरूमा आएको बाढी, पहिरो तथा डुबानका कारणले कतिपय स्थानमा नेपाल टेलिकमका सेवाहरू अवरुद्ध हुन गएको छ ।
विद्युत् आपूर्तिमा रोकावट भई नेपाल टेलिकमका बीटीएस टावरहरू बन्द भएको तथा कतिपय स्थानका ट्रान्समिसन लिङ्कहरू समेत अवरुद्ध भएको अवस्थामा प्रतिकूल मौसमका बाबजुद पनि प्राविधिक परिचालन गरी सेवा पुनर्स्थापित गर्ने प्रयास भइरहेको कम्पनीले जानकारी दिएको हो ।
धेरै स्थानका टेलिफोन तथा इन्टरनेट सेवा सुचारु भैसकेको छ भने अन्य स्थानमा पनि सेवा पुनर्स्थापनाको प्रयास जारी रहेको कम्पनी भनाई छ । ‘अप्रत्याशित दैवीप्रकोपका कारणले सिर्जित आपत्तिजनक परिस्थितिमा सेवा अवरुद्ध भई ग्राहकवर्गमा पर्न गएको असुविधा प्रति कम्पनी क्षमाप्रार्थी छ,’ कम्पनीले विज्ञप्तिमा भनेको छ ।
Artha Sanjal
अर्थ सन्जाल