काठमाडौँ । नेपाल राष्ट्र बैंकले शनिबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । जसअनुसार अमेरिकी डलर एकको खरिददर १३३ रुपैयाँ ६३ पैसा र बिक्रीदर १३४ रुपैयाँ २३ पैसा कायम भएको छ ।
युरोपियन युरो एकको खरिददर १४९ रुपैयाँ १४ पैसा र बिक्रीदर १४९ रुपैयाँ ८१ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर १७८ रुपैयाँ ९४ पैसा र बिक्रीदर १७९ रुपैयाँ ७४ पैसा, स्विस फ्र्याङ्क एकको खरिददर १५८ रुपैयाँ २८ पैसा र बिक्रीदर १५८ रुपैयाँ ९९ पैसा कायम गरिएको छ ।
आज अष्ट्रेलियन डलर एकको खरिददर ९२ रुपैयाँ ५ पैसा र बिक्रीदर ९२ रुपैयाँ ४६ पैसा, क्यानेडियन डलर एकको खरिददर ९९ रुपैयाँ १६ पैसा र बिक्रीदर ९९ रुपैयाँ ६० पैसा, सिंगापुर डलर एकको खरिददर १०४ रुपैयाँ २२ पैसा र बिक्रीदर १०४ रुपैयाँ ६९ पैसा निर्धारण गरिएको छ ।
त्यस्तै, जापानी येन १० को खरिददर नौ रुपैयाँ ३३ पैसा र बिक्रीदर नौ रुपैयाँ ३७ पैसा, चिनियाँ युआन एकको खरिददर १९ रुपैयाँ ०६ पैसा र बिक्रीदर १९ रुपैयाँ १५ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३५ रुपैयाँ ६२ पैसा र बिक्रीदर ३५ रुपैयाँ ७८ पैसा, कतारी रियाल एकको खरिददर ३६ रुपैयाँ ६६ पैसा र बिक्रीदर ३६ रुपैयाँ ८३ पैसा कायम भएको छ ।
अर्थ सन्जाल