पोखरा। सहकारीको रकम अपचलनबारे अनुसन्धानका लागि पक्राउ परेका गोर्खा मिडिया प्रालिका पूर्वसञ्चालक तथा पूर्व डिआईजी छविलाल जोशीलाई थप ७ दिन प्रहरी हिरासतमा राख्न अदालतले अनुमति दिएको छ ।
६ असोजमा काठमाडौं शंखमुलमा पक्राउ परेका जोशीलाई सोही दिन पोखरा ल्याइएको थियो । ७ गते अदालतमा उपस्थित गराइएका उनलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति मिलेको थियो ।
प्रहरीले अझै १० दिन म्याद थपका लागि जिल्ला अदालत कास्कीमा माग गरेको थियो । अदालतले ७ दिन म्याद थप गरेको कास्की प्रहरी प्रमुख एसपी मोहन थापाले जानकारी दिए ।
विभिन्न ५ सहकारीबाट गोर्खा मिडियामा गएको ६५ करोडभन्दा बढी रकम अपचलनमा उनको पनि संलग्नता रहेको भन्दै संसदीय छानबिन समितिले समेत कारबाही गर्न सिफारिस गरेको थियो ।
Artha Sanjal
अर्थ सन्जाल