काठमाडौं । प्रभु बैंक लिमिटेडले ल्याएको भिआरएस योजनामा बैंकका डेपुटी मनिराम पोखरेलले आवेदन नदिएपछि समय एक साता थप गरिएको छ। साथै बैंकले अपेक्षा गरेअनुसारका कर्मचारीको आवेदन नपरेपछि सो अवधी एक सातापछि सारिएको हो।
बैंकको सीईओका दावेदारका रुपमा रहेका पोखरेल भने भिआरएस लिन इच्छुक छैनन्। तर उनलाई केहि समयपछि प्रभु क्यापिटलको सीईओ बनाउने आस्वासनसँगै भिआरएस लिएर बाहिरिन दवाव दिईरहेको स्रोतको भनाई छ। चर्को दवाव आएपछि डेपुटी सीईओ पोखरेल भने मोबाइल बन्द गरेर बसेका छन्।
सेन्चुरी बैंकलाई प्राप्ती गरेपछि बैंकमा भएको ओभरस्टाफिंगको कारण देखाउँदै ल्याएको यस योजनामा करियर बनाउँदै गरेका कर्मचारीहरु भने बैंक छोड्न इच्छुक देखिएका छैनन्। तर सीईओ शेरचनको निर्देशनमा बैंकका केहि कर्मचारीहरुलाई मानव संसाधन विभागले फोन गर्दै भिआरएस लिन दवाव दिइरहेको पाईएको छ। अर्थासंजाललाई प्राप्त प्रमाणअनुसार अहिलेसम्म सिनियर डेपुटी मनोजकुमार न्यौपानेसहित १८ जनाले मात्रै आवेदन दिएका छन्।
यी हुन् बैंक छोड्न लागेका प्रभु बैंकका कर्मचारी
सिनियर डेपुटी मनोज कुमार न्यौपाने
एजीएम राजेश भण्डारी
एजीएम दिपेश प्रधान
सिनियर म्यानेजर शिव गोपाल रिसाल
म्यानेजर दिक्षा श्रेष्ठ
म्यानेजर मुकुन्द लामिछाने, म्यानेजर राजेन्द्र तिम्सिना योगेन्द्र मल्ल, सुमन सुवेदी, बज्र मोहन झा, दिपेन्द्र राज भण्डारी प्रवेश शाक्य, आसिस तुलाधार, राज कुमार भारती, प्रशान्त उपाध्याय रहेका छन्। बैंक छोड्नेमा अधिकांश तत्कालिन सेन्चुरी कमर्सियल बैंकका कर्मचारी रहेका छन्।
सीईओ अशोक शेरचनको कार्यकाल आगामी २०८२ वैशाख ९ गते सकिंदैछ। उच्च अदालत पाटनले शेरचन बिरुद्द परेको मुद्दाको अन्तिम फैसलाको व्यख्या गर्दै शेरचन अब आगामी वैशाख ९ गतेसम्म मात्र काम गर्न योग्य रहेको जनाएको हो।
अर्थ सन्जाल