काठमाडौं। एसियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले संस्थापक सेयर बिक्रीमा राखेको छ । कम्पनीले संस्थापक सेयरधनीहरूको नाममा रहेको ५ लाख १४ हजार ४६५ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो । यसमा कम्पनीकै संस्थापक सेयरधनीले आवेदन दिन सक्नेछन् ।
सेयर खरिद गर्न इच्छुक संस्थापक सेयरधनीले ३५ दिनभित्र इन्सुरेन्सको मुख्य कार्यालय मैतिदेवी, काठमाडौंमा खरिद गर्न चाहेको सेयर संख्या खुलाई निवेदन पेश गर्नुपर्नेछ ।
उक्त समयभित्र कुनैपनि संस्थापकबाट निवेदन प्राप्त नभए अन्य व्यक्ति वा संस्थाले सेयर खरिद गर्न सक्ने कम्पनीले जानकारी गराएको छ ।
Artha Sanjal
अर्थ सन्जाल