काठमाडौं। नेपाल राष्ट्र बैंकले आजको विदेशी मुद्रा विनिमयदर सार्वजनिक गरेको छ। जसअनुसार अमेरिकी डलरको मूल्य बढेको छ। आज १ अमेरिकी डलरको मूल्य (बिक्रीदर) १३४ रुपैयाँ १४ पैसा कायम भएको छ भने खरिददर १३३ रुपैयाँ ५४ पैसा कायम भएको छ । बिहीबार १ अमेरिकी डलरको भाउ (बिक्रीदर) १३४ रुपैयाँ ०६ पैसा र खरिददर १३३ रुपैयाँ ४६ पैसा थियो ।
आज १ युरोको बिक्रीदर १४९ रुपैयाँ ६० पैसा रहेको छ भने खरिददर १४८ रुपैयाँ ९३ पैसा रहेको छ । बेलायती पाउन्ड १ को बिक्रीदर १७९ रुपैयाँ ४७ पैसा खरिददर १७८ रुपैयाँ ६७ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ । जापानिज येनको बिक्रीदर ९ रुपैयाँ २९ पैसा र खरिददर ९ रुपैयाँ २५ पैसा छ ।
त्यसैगरी, अष्ट्रेलियन डलर १ को खरिददर आज ९१ रुपैयाँ ९१ पैसा र बिक्रीदर ९२ रुपैयाँ ३२ पैसा तोकिएको छ । क्यानेडियन डलर १ को खरिददर भने ९९ रुपैयाँ २० पैसा र बिक्रीमा ९९ रुपैयाँ ६५ पैसा पाइन्छ । कतारी रियाल १ को खरिददर ३६ रुपैयाँ ६४ पैसा र बिक्रीदर ३६ रुपैयाँ ८० पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।
Artha Sanjal
अर्थ सन्जाल