लाभांश पारितसहित सुपर मादी हाइड्रोपावरले डाक्यो साधारण सभा, बोनस कति ?

काठमाडौँ । सुपर मादी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले वार्षिक साधारण सभा कात्तिक ५ गतेका लागि बोलाएको छ । सभा होटल इम्पेरीयल बत्तिसपुतली काठमाडौंमा बिहान ११ बजे बस्ने गरी आव्हान गरेको हो । तसर्थ सभा प्रयोजनका लागि कम्पनीले असोज १८ गते बुक क्लोज गर्दैछ ।

सभाले हाल कायम चुक्ता पुँजीको ५ प्रतिशत बोनस र कर प्रयोजनको लागि ५५ लाख २६ हजार रुपैयाँ नगद लभांश वितरण गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।

कम्पनीले ताप्लेजुङ जिल्लास्थित निर्माणाधीन अवस्थामा रहेको २८५ मेगावाट क्षमताको माथिल्लो तमोर जलविद्युत आयोजनामा लगानी गर्न सञ्चित मुनाफा, कर्जा तथा हकप्रद सेयर जारी गर्ने, सोसम्बन्ध र प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि पारित गर्नेछ ।

साथै, सभामा आर्थिक वर्ष २०८०–८१ को नाफा नोक्सानसम्बन्धी हिसाबका सम्बन्धमा छलफल हुने र आर्थिक वर्ष २०८१–८२ का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने एजेन्डा रहेको छ  ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *