काठमाडौं। विद्युतीय सवारी (ईभी)ब्रान्ड दीपालको ब्रान्ड एम्बेसडरमा नेपाल क्रिकेट संघ (क्यान)का सचिव एवम् पूर्वकप्तान पारस खड्का नियुक्त भएका छन् ।
दीपालको आधिकारिक बिक्रेता एमएडब्लू वुद्धिले मंगलबार खड्कालाई ब्रान्ड एम्बेसडरमा नियुक्त गरेको हो ।
काठमाडौंमा आयोजित कार्यक्रममा कम्पनीले खड्कालाई दिपाल एस७ ईभी हस्तान्तरण पनि गरेको छ । एमएडब्लूका प्रबन्ध निर्देशक विवेक सिकरियाले खड्कालाई एम्बेसडरमा नियुक्त गर्न पाएकोमा खुसी व्यक्त गरे ।
उनले दीपालको गुणस्तर, सहजता, र किफायिताले यो महत्त्वपूर्ण गाडी भएको उल्लेख गरे । दीपाल पारिवारिक गाडी समेत भएका कारण आफूले यसलाई रुचाएको उनले बताए ।
Artha Sanjal
अर्थ सन्जाल