काठमाडौं। गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेडले असोज २९ गते वार्षिक साधारण सभा बोलाएको छ । संस्थाको असोज ७ गते बसेको सञ्चालक समितिको बैठकले असोज २९ गते धनकुटाको हिलेमा रहेको होटल कान्जिरोवामा बिहान ९ बजेदेखि सभा सुरु गर्ने निर्णय गरेको हो ।
उक्त सभामा कम्पनीले गत आर्थिक वर्षको नाफाबाट १४.२५% बोनस सेयर र कर प्रयोजनका लागि ०.७५% नगद लाभांश वितरण प्रस्ताव पारित गरिनेछ ।
बोनस वितरणपछि चुक्ता पुँजी वृद्धि हुने भएकोले प्रबन्धपत्र तथा नियमावली संसोधन गर्ने एजेन्डा पनि छ । यसैगरी, अन्य बैंक तथा वित्तीय संस्थाहरुसँग गाभ्ने–गाभिने सम्बन्धी सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव पनि रहेको छ ।
आर्थिक वर्ष २०८०–८१ को वासलात, नाफा–नोक्सान र नगद प्रवाहमाथि छलफल हुनेछ । आर्थिक वर्ष २०८१–८२ का लागि लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्ने लगायतका एजेन्डा पनि राखिएको छ । सभा तथा लाभांश वितरण प्रयोजनार्थ कम्पनीले असोज १६ गते बुक क्लोज गर्ने जनाएको छ । यसर्थ, असोज १५ गतेसम्म कायम सेयरधनीले लाभांश सुरक्षित गर्न सक्नेछन् ।
अर्थ सन्जाल