नेपाल पुनर्बिमा कम्पनीको सेयर लिलामी आवेदन दिन आज अन्तिम दिन

काठमाडौं। विशाल ग्रुपको स्वामित्वमा रहेको नेपाल पुनर्बिमा कम्पनीको ७ लाख कित्ता संस्थापक सेयर लिलामी भर्ने आज अन्तिम दिन हो । आज कार्यालय समयसम्म मात्र यसमा आवेदन दिन सकिनेछ ।

यस लिलामी सेयरमा कम्पनीका बिद्यमान संस्थापक सेयरधनीहरुले मात्र आवेदन दिन सक्नेछन् । यसमा न्यूनतम ४५० रुपैयाँ वा सो भन्दा बढी मूल्य कबोल गरी गोप्य शिलबन्दी बोलपत्र पेश गर्नुपर्नेछ ।

लगानीकर्ताले न्यूनतम १ लाख कित्तादेखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन सक्नेछन् । बिक्री प्रबन्धक एनआइसी एसिया क्यापिटल, थापाथली काठमाडौंमा पुग्ने गरी आवेदन बुझाउनुपर्नेछ । कम्पनीले भदौ ५ गतेदेखि यो सेयर लिलामीमा बिक्री खुला गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *