काठमाडौँ । गरिमा विकास बैंक लिमिटेडले विभिन्न संस्थापक शेयरधनीको स्वामित्वमा रहेको कुल ४ लाख २५ हजार १५६.६७ कित्ता संस्थापक शेयर बिक्रीमा राखेको छ । यो शेयर जो सुकै व्यक्ति तथा कम्पनीले खरिद आवेदन दिन सक्नेछन् ।
यसअघि गत साउन ४ गते ३५ दिने सूचना जारी गरि बैंकका विद्यमान संस्थापक शेयरधनीका लागि उक्त शेयर बिक्रीमा राखिएको थियो । तर विद्यमान संस्थापकहरबाट केही शेयर खरिदका लागि आवेदन प्राप्त भएकाले आम सर्वसाधारणका लागि बिक्री गर्न लागिएको बैंकले जनाएको छ ।
इच्छुक लगानीकर्ताले सूचना प्रकाशित भएको १५ दिनभित्र आवश्यक कागजातसहित आफूले खरिद गर्न चाहेको शेयरको व्यहोरा खुलाइ लाजिम्पाटस्थित बैंकको केन्द्रीय कार्यालयमा आवेदन दिनुपर्नेछ ।
Artha Sanjal
अर्थ सन्जाल