काठमाडौं । सिटिजन्स बैंक लिमिटेडले लाभांश घोषणा गरेकाे छ । असोज ७ गते, सोमबार बसेको बैंकको ४६३ औं सञ्चालक समितिको बैठकले सो दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो।
बैंकले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ । बैंकले सेयरधनीहरुलाई हाल कायम चुक्ता पूँजीको ४.२१ प्रतिशतका दरले लाभांश वितरण गर्ने घोषणा गरेको हो। सोमध्ये ४ प्रतिशत बोनस सेयर रहेको छ भने ०.२१ प्रतिशत कर प्रयोजनार्थ नगद लाभांश रहेको छ।
नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सो लाभांश वितरण गरिनेछ ।
Artha Sanjal
अर्थ सन्जाल