काठमाडौं । हुलास फिनसर्भ हायर पर्चेज लिमिटेडले सर्वसाधारणका लागि धितोपत्रको प्राथमिक सार्वजनिक निष्काशन (आईपीओ) जारी गर्ने भएको छ ।
कम्पनीले सार्वजनिक निष्काशनमार्फत सर्वसाधारणलाई २० लाख ७५ हजार कित्ता साधारण सेयर निकासन गर्ने भएको हो । कम्पनीले आईपीओ निष्काशनका लागि एनएमबी क्यापिटललाई धित्तोपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ ।
सम्झौतापत्रमा हुलास फिनसर्भ हायर पर्चेजका अध्यक्ष शेखर गोल्छा र एनएमबी क्यापिटलका प्रमुख कार्यकारी अधिकृत दिपेशकुमार वैद्यले हस्ताक्षर गरे ।
हुलास फिनसर्भ नेपाल राष्ट्र बैंकबाट स्वीकृति प्राप्त गरेको गैर–बैंकिङ वित्तीय कम्पनी हो । यस कम्पनीले सन् २०१२ देखि ग्राहकलाई हायर पर्चेज सेवा प्रदान गर्दै आइरहेको छ ।
Artha Sanjal
अर्थ सन्जाल