काठमाडौं। हकप्रदमा बिक्री नभएको हिमालय ऊर्जा विकास कम्पनीको १४ लाख ४६ हजार ३५९ कित्ता साधारण सेयर लिलामी बिक्रीमा आएको छ । आज सोमबारदेखि कम्पनीको हकप्रद सेयरमा आवेदन दिन सकिनेछ ।
१४ गतेसम्म यस कम्पनीको लिलामी सेयरमा आवेदन दिन सकिने बिक्री प्रवन्धक नबिल इन्भेस्टमेन्ट बैंकिङले जनाएको छ । यसअघि कम्पनीले १ बराबर १ को अनुपातमा हकप्रद सेयर निष्कासन गरेको थियो । न्यूनतम १०० र बढीमा सबै सेयरका लागि आवेदन दिन सकिनेछ ।
नक्सालस्थित नबिल इन्भेस्टमेन्ट बैंकिङको कार्यालय तथा नबिल बैंकका शाखा कार्यालयहरु बिराटनगर, जनकपुर, सूर्यविनायक, पोखा, कोहलपुर, सुर्खेत र महेन्द्रनगरबाट आवेदन दिन सकिनेछ ।
Artha Sanjal
अर्थ सन्जाल