काठमाडौं । सर्वोत्तम सिमेन्ट लिमिटेडको थप २४ लाख कित्ता सेयरको ‘लक इन’ अवधि समाप्त भएको छ ।
कम्पनीले योग्य संस्थागत लगानीकर्तालाई बाँडफाँट गरेको २४ लाख कित्ता सेयरको ‘लक इन’ अवधि असोज ५ गते समाप्त भएको हो । ‘लक इन’ अवधि सकिएसँगै अब संस्थागत लगानीकर्ताले होल्ड गरेको सेयर कारोबारका लागि योग्य हुनेछ ।
कम्पनीले जारी पूँजी ४ अर्ब ६५ करोड रुपैयाँको १२.९०३३ प्रतिशतले हुन आउने कुल ६० लाख कित्ता साधारण सेयरमध्ये ४० प्रतिशत अर्थात २४ लाख कित्ता योग्य संस्थागत लगानीकर्तालाई बाँडफाँट गरेको थियो ।
यस्तै, कम्पनीले सर्वसाधारणका लागि निष्कासन गर्न छुट्टाएको सेयरमध्येको ५ प्रतिशत अर्थात १ लाख ५४ हजार २२७ कित्ता सेयर सामूहिक लगानी कोषलाई बाँडफाँट गरेको थियो ।
योग्य संस्थागत लगानी कर्ताहरुमा बिक्री गरिएको सेयरको कट अफ मूल्य ४०१ रुपैयाँ निर्धारण भएको थियो भने सामूहिक लगानी कोषहरुले प्रतिकित्ता ३६० रुपैयाँ ९० पैसामा आवेदन दिएका थिए ।
अर्थ सन्जाल