काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनको मूल्य तोलामा १५ सय रुपैयाँले बढेको छ । शुक्रबार छापावाल सुनको मूल्य तोलामा १ लाख ५७ हजार १०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ ।
अघिल्लो दिन छापावाल सुनको मूल्य तोलामा १ लाख ५५ हजार ६०० रुपैयाँ कायम भएको थियो ।
त्यस्तै शुक्रबार चाँदीको मूल्य पनि बढेको छ । बिहीबार तोलामा १ हजार ८८० रुपैयाँ कायम भएको चाँदीको मूल्य शुक्रबार बढेर १ हजार ९१५ रुपैयाँ कायम भएको हो ।
Artha Sanjal
अर्थ सन्जाल