नौ वर्षपछि खुलेकाे धरहरामा चढ्नेको लाइन (तस्बिरहरू)

काठमाडाैं । काठमाडाैंको सुन्धारास्थित धरहरा सर्वसाधारणका लागि खुला गरिएको छ । संविधान दिवसको अवसर पारेर बिहीबारदेखि सरकारले धरहरा खुला गरेको हो ।

एकदिन ६ सय जना चढ्ने गरी खुला गरिएको धरहरा प्रवेश हाललाई निःशुल्क गरिएको छ । भदौ २७ गते बसेको मन्त्रिपरिषद् बैठकले असोज ३ गते संविधान दिवसको दिनदेखि धरहरा सञ्चालन गर्ने निर्णय गरेको थियो । २०७२ को भूकम्पमा भत्किएको धरहराको पुनर्निर्माण पछि अस्थायी रुपमा सञ्चालनमा आएकाे हो ।

धरहराको ९८ प्रतिशत संरचना निर्माण मात्रै अहिलेसम्म पूरा भएको सहरी विकास मन्त्रालयले जनाएको छ । सरकारले खुला गरेसँगै बिहीबार बिहानैदेखि चढ्नका लागि सर्वसाधारण लामबद्ध देखिन्थे । अर्को व्यवस्था नभएसम्म धरहरा निःशुल्क चढ्न पाइने मन्त्रालयले जनाएको छ ।

तस्बिरहरू :

Leave a Reply

Your email address will not be published. Required fields are marked *