काठमाडौं। डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडले २५ हजार कित्ता संस्थापक सेयर बिक्री गर्ने भएको छ । कम्पनीले विद्यमान संस्थापक सेयरधनीहरूले मात्र खरीद गर्न पाउने गरी यी सेयर बिक्रीमा ल्याएको हो ।
इच्छुक विद्यमान संस्थापक सेयरधनीहरूले आगामी ३५ दिनभित्र आवेदन पेश गर्न सक्नेछन् । आवेदन कम्पनीको केन्द्रीय कार्यालय सीतापाइला, काठमाडौंमा पेश गर्नुपर्ने छ ।
आवेदन पेश गर्दा खरीद गर्न चाहेको सेयरको कित्ता र मूल्यसमेत खुलाउनुपर्नेछ । तोकिएको अवधिभित्र विद्यमान संस्थापक सेयरधनीहरूले आवेदन नदिएमा अन्य व्यक्ति तथा संस्थामा यी सेयर बिक्री गरिने छ ।
Artha Sanjal
अर्थ सन्जाल